प्रदेश १ मा ८ जनाको मृत्यु, ४३९ जनामा कोरोना संक्रमण

विराटनगर, २१ भदौ । गएको २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणको कारण ८ जनाको मृत्यु भएको छ । यस्तै यही अवधिमा ४ सय ३९ जनामा कोरोना संक्रमित थपिए । गएको२४ घण्टामा १ हजार ३५ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा २ सय ५५मा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यस्तै ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा ७, इलाममा ५, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेहृथुममा १–१ जना कोरोना संक्रमित थपिएका हुन् । थपिएका मध्ये ३ जना भने प्रदेश १ बाहिरका छन् । प्रदेश १ मा आज ४ सय १० जना कोरोना संक्रमणमुक्त भए । १ जना ९८ महिला र २ सय १२ जना पुरुषले कोरोना भाइरसलाई परास्त गरेका हुन् । २४ घण्टामा मृत्यु भएकामध्ये ३ जना महिला छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *