
१६ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संकटमा देखिएका छन् । सुरुवाती चरण देखी नै उनी एमसीसीको विरुद्धमा लागिपरेको खुलेको छ ।
अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० कुनै हालतमा पास गर्नु पर्ने अन्यथा सत्ता गठवन्धन नै तोड्ने देउवाको चेतावनी पश्चात संशोधन गरेर पास गर्नुपर्ने पक्षमा देखिएका प्रचण्ड माथि अर्को संकट आइलाग्ने देखिएको हो ।
एमसीसीलाई लिएर नेकपा माओवादी केन्द्रमा दुई धार देखिन थालेको छ । आइतबार प्रधानमन्त्री शेरबहादुरले आफ्नै निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा तत्काल पास गरेर जाने र संशोधन गर्नुपर्ने भन्दै दुई धार देखिएको हो ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संशोधन गरेर अगाडी बढ्नुपर्ने पक्षमा देखिएका छन् । तर अर्का नेता नारायणकाजी श्रेष्ठ भने कुनै पनि हालतमा पास गर्न नहुने अडानमा रहेका छन् ।
उनले सन् २०१७ मा सम्झौता गर्दाका केही प्रावधान सन् २०१९मा परिमार्जन भएकोले समस्या भएको तर संसदको सहमति नचाहिने भन्नेसम्मको तर्क गरेका थिए ।
तर श्रेष्ठले भने कुनै पनि हालतमा एमसीसी अनुमोदन गर्न नहुने तर्क राखे । अमेरिकाले ३ महिनाभित्र एमसिसी पास नभए अर्कै देशलाई दिने तयारी गरेको छ । एमाले पर्ख र हेरको रणनीतिमा रहेको छ भने कांग्रेसले आफ्नो चट्टानी अडान कायमै राखेको छ ।

Leave a Reply