नेपालका कप्तान सन्दीप लामिछाने आईपीएलको मेगा अक्सनमा छनोट

इन्डियन प्रिमियर लिग आईपीएलले फेब्रुअरी १२ र १३ मा भारतको बेंग्लोरमा आयोजना गर्न लागेको मेगा अक्सनको अन्तिम सूचीमा नेपालका कप्तान सन्दीप लामिछाने छानिएका छन् ।

मेगा अक्सनका लागि मंगलबार खेलाडी सूची सार्वजनिक गरेको छ । अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराए पनि सन्दीप मात्र छनोट भएका छन् । २०२० मा भने सन्दीपले अबसर पाएका थिएनन् ।

उक्त सूचीमा अमेरिकाका अली खानलगायत खेलाडी छन् । सन्दीपले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु तोकेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts