
युक्रेनमा भएको द्वन्द्वबाट प्रभाबित भएका नेपालीहरु सुरक्षित स्थानमा पुग्न सफल भएका छन् ।
रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्च स्तरीय समितिका अनुसार ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित स्थानमा पुग्न सफल भएका हुन् ।
समितिका अनुसार हाल सम्म ७१ जना स्लोभाकिया, ४०३ जना पोल्यान्ड, २७ जना रोमानिया, छ जना हङ्गेरी र चार जना नेपाली नागरिक माल्दावामा सुरक्षित पुग्न सफल भएका छन् ।
स्थायी रुपमा युक्रेनमा बसोबास गर्दै आएका ४० जनाको परिवारले भने युक्रेन छाड्न नसकेको गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष बद्री केसीले जानकारी दिए ।

Leave a Reply