
भोली शुक्रबारदेखि चीनका विदेशमन्त्री वाङ यीको तीन दिने औपचारिक नेपाल भ्रमण सुरु हुने भएको छ ।
उक्त भ्रमणले दुई देश बिचको सम्बन्ध प्रगाढ बन्दै जाने र आपासी सहकार्य र साझेदारी समेत बृद्धि हुने अपेक्षा लिएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वाङ नेपालका पुराना मित्र पनि हुनुहुन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनबीचको मित्रताको सम्बन्ध गहिरो रहेको बतानुभयो ।
