बागमती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा, बैशाख १ गतेबाट लागु हुदै

काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ।

बागमती प्रदेशको प्रदेश सरकारले आगामी बैशाख १ गतेदेखि उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो।

जारी एक सुचनामा भनिएको छ ,‘ २०७९ /१/ १  देखि लागू हुने गरी बागमती प्रदेश भित्र स‌ञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर देहाय अनुसार हुने गरी यस मन्त्रालयको २४  (माननीय मन्त्रीस्तर)  को निर्णयानुसार समायोजन गरिएको छ।’

बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा किलोमिटरको आधारमा भाडा बढाएको हो। उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटसम्म ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडादर कायम गरेको छ।

यसैगरी उपत्यका बाहिरका स्थानमा चल्ने सवारी साधनमा भने २०७८ कार्तिक १ देखि यात्रुबाहक सवारीसाधनमा लागु भएको भाडामा १० प्रतिशत वृद्धि गरेको छ।

प्रदेशमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सीले सुरुमा ५० र प्रति २०० मिटरको भाडादर १० रुपैयाँ, विद्युतीय ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर ९ रुपैयाँ कायम गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts