
न्युयोर्कमा यसै हप्ता हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक स्थगित भएको छ । सदस्य राष्ट्रहरूबीच सहमति नजुटेकाले बैठक रद्द भएको सार्क सचिवालयले जनाएको छ ।
सार्क सचिवालयले सबै सदस्य राष्ट्रका परराष्ट्र मन्त्रालयलाई बैठक रद्ध भएको जानकारी सहितको पत्र पठाइसकेको छ । सार्कको अध्यक्षसमेत रहेको नेपालको परराष्ट्र मन्त्रालयले सेप्टेम्बर २५ मा हुने भनिएको सहमति नजुटेकाले साइडलाइन बैठक नहुने जानकारी दिएको सचिवालयले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले भने पाकिस्तानका कारण बैठक रद्द भएको जनाएका छन् । पाकिस्तानले बैठकमा अफगानिस्तानबाट पनि सहभागिता हुनपर्ने कुरामा जोड दिएको बताइएको छ । तर यसबारेमा पाकिस्तानले भने औपचारिक रूपमा केही प्रतिक्रिया दिएको छैन ।
