टुँडिखेलमा गणतन्त्र दिवस मनाइदै

जेठ १५,२०७९
काठमाडौँ — १५औं गणतन्त्र दिवसको अवसरमा आइतबार सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायमुकायम प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थितिमा गणतन्त्र दिवस मूल समारोह समितिले कार्यक्रम आयोजना गरेको हो ।

नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टिसहित शुभारम्भ भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरिएको थियो ।
समारोहमा ‘मेरो टोपी कैलाशको शीरजस्तो।।।’, बनेको छ पहराले यो छाती मेरो।।।’ र ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली भन्नलाई।।।’ बोलका गीत संगीत गुञ्जिएका थिए

प्रतिकूल मौसमका कारण यस वर्ष विविध जाजातिगत झाँकी र प्रदर्शनी भने राखिएको थिएन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts