सांसद थापाले पेट्रोलियम ऐन ल्याउन सरकारसँग माग

जेठ २० शुक्रबार, २०७९

काठमाडौंः सांसद गगनकुमार थापा पेट्रोलियम ऐन ल्याउन सरकारसँग माग गरेका छन् । शुक्रबार संसदमा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद थापाले पेट्रोलियम ऐन ल्याए मात्रै त्यसले सही बाटो देखाउने बताए ।

उनले भने, हाम्रो स्टोरेज ८ र १० दिन मात्रैको छ । स्टोरेजको क्षमता बढाउनैपर्छ । पेट्रोलियम ऐन चाहियो हामीलाई । बल्ल त्यसले हामीलाई बाटो देखाउँछ । र, अर्को कुरा नेपाललाई पेट्रोल, डिजेल, एलपिजी ग्याँसमुक्त देश बनाउन आजैबाट महत्वाकांक्षी योजना ल्याउनुपर्ने देखिन्छ ।

उनले खपत कम गर्ने प्रभावकारी उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए ।
उनले यो बेला भन्सार, मुल्य अभिवृद्धि,सडक मर्मत, अन्तरशुल्क कर घटाएर भएपनि उपभोक्तालाई राहत दिनैपर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts