आज देशभर जातीय भेद्भाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइदै

जेठ २१ शनिबार, २०७९

काठमाडौ ः आज विभिन्न जनचेतनामूलक कार्यक्रम सहित जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइदै छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । उक्त घोषणा सँगै सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका रुपमा मनाइने घोषणा गरेको छ ।

विं स २०२० सालमा तत्कालीन राजा महेन्द्रले मुलुकी ऐनमा छुवाछुतलाई निषेध गरेता पनि त्यस बेलाको कानुन झन कमजोर,फितलो र पहुँचवाला व्यक्तिको हातमा नै कानुन रहने भएकाले कानुनको कार्यान्यन हुन सकेको थिएन् । र यो प्रथा वषाँै सम्म यथावत रहेको थियो ।
अहिले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको भए पनि अझै देशका विभिन्न क्षेत्रहरुमा सामाजिक व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन् । जातीय भेद्भाव तथा छुवाछुत विरुद्ध कसुर र सजाए ऐन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेका कारण व्यवहारमा विभेदको अन्त्य हुन सकेको छैन् ।
हरेक नेपालीलाई जातीय छुवाछुत तथा भेदभावका विरुद्ध एक ढिका भई दृढतापूर्वक उभिन नसक्दैनन् तब सम्म यसको अन्त्य हुन सक्दैन ।

नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेद्भाव विरुद्धको हकलाई मौलिक हक भित्र राखेको छ । यसमा कुनै पनि व्यक्तिलाई उसको उत्पत्ति, जातजाति, समुदाय, पेसा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी वा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत वा भेद्भाव नगरिने उल्लेख गरिएको छ । यदि यस्तो कुनै प्रकारको भेद्भावपूर्ण व्यवहार, बहिस्कार वा निषेभ गरेको अवस्थामा तीन महिना देखि तीन वर्षसम्म कैद वा १ हजार देखि २५ हजार सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts