प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो।

मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएका थिए। त्यसअन्तर्गत छात्राहरूलाई साइकल वितरण भइरहेको थियो।
साइकल खरिदमा अनियमितता भएको उजुरीपछि मुख्यमन्त्री कार्यालयमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts