
काठमाडौं : रुसले युक्रेनको राजधानी कियभमा रहेका विधुत् र पानी वितरण गर्नका लागि बनाइएका पूर्वाधारहरूमा क्षेप्यास्त्र प्रहार गरे पछि राजधानी कियभमा पानी र विजुलीको हाहाकार भएको छ ।
कियभमा नागरिकहरू पानीका लागि लाइन बस्न पर्ने अवस्था आएको बिबिसीले उल्लेख गरेको छ ।
राजधानी कियभका मेयर भाइट्याली क्लिट्स्कोले दुई लाख ७० हजार घरमा विधुत् प्रसारण रोकिएको र ४० प्रतिशत जनसङ्ख्यालाई पानी पुर्याउन नसकिएको बताएका छन् ।

Leave a Reply