सांखु एउटा पुरानो सहर हो । यो काठमाडौं देखि १७ कि.मी उतर पूर्वमा रहेको छ । ऐतिहासिक सहर सांखु आज भन्दा करिब ३३ सय वर्ष पहिले पूर्वीय सभ्यता अनुसार आजकालको स्माट्र सिटी भनेर बुझिने शैलिमै ९ वटा प्रवेश ढोका समेत निर्माण गरी बनाएको सहर हो । ईतिहासको उताब चडाबसंगै ९ वटा ढोका मध्ये ४ वटा ढोका हाल पनि सुरक्षित भेटिन्छ । अन्य ढोकाहरु अनुसन्धनकै क्रमा छन् । यी ४ ढोकाहरु हाल पनि सास्कृतीक परम्पराका रुपमा रहनुको कारण यहांको नेवार समुदायले संरक्षण गर्नुनै हो । पहिलो ढोका बिभिन्न रथ , भगवानका मुतिहरु तथा दैवि सास्कृतीक परम्परालाई निरन्तरता दिन प्रयोग हुन्छ , दोस्रो ढोका छोरीको विवाह गर्दा दुलही विदाई गर्ने , तेस्रो ढोका बुहारी भित्राउने र चौथो ढोका मानिसहरुको मृत्यु हुदा दाहा संस्कारका लागि सहर बाहिर लैजाने क्रममा प्रयोग हुन्छ ।
माथि उल्लेखित कुराहरुको आधिकारिक र वैज्ञानिक खोजअझै पनि जारि रहेको विज्ञहरु बताउछन् । हामी केहि पश्चात सांखु सहरको थप सूचना प्रकासित गर्ने छौ । आजभोलि सांखुलाई शंखरापुर नगरपलिका भनेर नाम राखिएको छ।

