
यता फर्किए पनि तिमी देख्छु
उता फर्किए पनि तिमी देख्छु
सिरक भित्र लुकेर निदाउन खोज्छु
सिरक भित्र तिमी नै सल्बलाएको भेट्छु
निदाउन नसकेर आँखा बन्द गर्न खोज्छु
मष्तिस्कको पर्दामा पनि तिमीलाई देख्छु
हरेक सास र मुटुको घड्कनमा तिमी भेट्छु
सायद मेरो नशामा तिमी सल्बलाउदा मेरो मुटु धड्कन्छ,
भनन अब म के गरु, न बाच्न सक्छु न हास्न सक्छु
तिमी बिना बाचु भने, जीउदो लास पो हुन्छु
पिउन खोज्छु पानी जब पानीमा नि तिमी भेट्रछु
तारा हेर्छु आकाशमा, तारामा नि तिमी देख्छु
भनन अब म के गरु, न बाच्न सक्छु न हास्न सक्छु
तिमी बिना बाचु भने, जीउदो लास पो हुन्छु
कुमार भट्टराई
