ओली:प्रधानन्यायाधीशको राजीनामाबारे एमाले तथस्ट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  प्रधानन्यायाधीशको राजीनामाका विषयमा एमाले तथस्ट बस्ने बताएका छन्। प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले प्रधानन्यायाधीशको राजीनामा सम्बन्धमा कतैपट्टी पनि पक्षधरता नदेखाउने बताए।  उनले भने, ‘प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने र नपर्ने विषयमा एमाले  कतैपट्टी पनि पक्षधरता देखाउँदैन।’ ओलीले सर्वोच्च अदालतका नाममा राजनीति भइरहेको टिप्पणी गरे। सर्बोच्च अदालत भित्र परमादेश अघि देखि नै अशोभनिय गुटबन्धी र राजनिती भइरहेको उनले बताए। 

ओलीले अहिलेको गठबन्धनको काम राजनीतिक प्रणाली माथि प्राहार गर्ने भएकाले सिस्टममाथि निरन्तर प्रहार गरिरहेको आरोप लगाए। ओलीले गठबन्धनको सरकारले कुनै पनि सकारात्मक काम गर्न नसकेको टिप्पणी गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts