
हिन्दु धर्मावलम्बीहरुले हप्ताको साथै बार विभिन्न देवी देवताको पुजा गर्ने गर्दछन् । सोहि अनुरुप मंगलबार भगवान श्री गणेश को पुजा अराधाना गरिन्छ । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ।
शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जांतहुने,पुजागर्ने तिथि ,मिति ,बिधि ,बिधानमा एकरुपता छ । गणेश शब्दको उत्पत्ति गणंईश मिलेर भएको हो । जसको अर्थ हुन्छ गण हरूका देवता । शिवगणका प्रमुख गण नन्दी मानिएका छन् । नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश मानिन्छन् ।
एक पटक देवताहरूमा कसको पूजा पहिले गरिनु पर्छ भन्ने विषयमा छलफल चल्यो । देवताहरूका परम पिताम्मह ब्रह्माजीले जो पुरा ब्रह्माण्डको परिक्रमा गरेर पहिले स्वर्गमा पुग्छ त्यसको पूजा पहिले हुनेछ भन्ने निर्णय सुनाए । ब्रह्माजीको निर्णय सुनेर इन्द्र, वरुण, कुबेर आदी देवताहरू आफ्नो आफ्नो बाहनहरूमा बसेर ब्रह्माण्ड परिक्रमाको लागि निस्किए । भारी जिउ र त्यसमाथी मुसा बाहन भएका गणेश नत दौडेर देवताहरूलाई जित्न सक्थे नत मुसाले नै बोकेर गणेशलाई परिक्रमाको वाजी जिताउन सक्थ्यो । गणेश निकै चलाख र ज्ञानी देवता मानिन्छन् । त्यो वाजी जित्ने गणेशले एक दृढ विचार बनाए । उनी ब्रह्माण्ड परिक्रमामा नगएर कैलाश पर्वत आफ्नी माता पार्वती भएको ठाउँमा गए । माता पार्वतीलाई बाबु शिव भएको ठाउँमा गएर बस्न आग्रह गर्न थाले । गणेशको कुरा सुनेर पार्वतीजी शिवको छेउमा गएर बसिन् । यसरी आमा बाबु दुवैलाई एकै ठाउँमा राखेर सात पटक परिक्रमा गरेर ब्रह्माजी भएको ठाउँमा गए । ब्रह्माजीले गणेशले के गर्छन् भन्ने कुरा सबै हेरेका थिए । आमा बाबु भन्दा ठुलो यो ब्रमाण्ड छैन । ब्रह्माणड भन्दा पनि ठुला आमा बाबु हुन् भन्ने कुरा सिद्ध गरेर देखाएकाले ब्रह्माजी गणेशबाट निकै खुसी भएर उनलाई देवताहरूमा सबै भन्दा पहिले पूजिने देवता भनेर छनौट गरे । त्यसै कारण त्यस दिन देखि श्री गणेशको पुजा अराधाना सबै देवी देवताहरु भन्दा अगाडी गरिन्छ ।
