बङ्गलादेशमा कपडा उद्योग सङ्कटमा, १० लाख रोजगारी जोखिममा

काठमाडौँ :
बङ्गलादेशको कपडा तथा टेक्सटाइल उद्योग गम्भीर सङ्कटमा परेको छ । मिल सञ्चालकहरुले धागोको भन्साररहित आयत बन्द नगरे फेब्रुअरी १ देखि उद्योग बन्द गर्ने चेतवानी दिएका छन् ।

बङ्गलादेश टेक्सटाइल मिल्स एसोसिएसन (बीटीमए) का अनुसार मिल बन्द भए करिब १० लाख मजदुरको रोजगारी प्रभावित हुन सक्छ । भारतबाट सस्तो धागो आयत बढेपछि स्वदेशी उत्पादन बिक्री नहुदा उद्योगहरु घाटामा परेका छन् ।

पछिल्लो महिनाहरुमा ग्यास अभाव, अनियमित आपूर्ति र ऊर्जाको मूल्य वृद्धिले उद्योगलाई थप समस्या पारेको छ । हालसम्म ५० भन्दा बढि मिल बन्द भइसकेका छन् भने करिब १५ अर्ब रुपैयाँ बराबरको धागो गोदाममै थन्किएको छ ।

उद्योगहरुले सरकारसँग भन्सार छुट हटाउने, सस्तो ऊर्जा आपूर्ति, भ्याट राहत र बैंक ऋणमा सहुलियतको माग गरेका छन् । यता गार्मेन्ट उत्पादकहरुले भने आयत रोकिए उत्पादन लागत बढ्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा कमजोर हुने चेतवानी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts