
काठमाडौँ :
इरानले अमेरिकासँग वार्ता गर्न तयार रहेको संकेत दिएको छ । इरानका राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले सामाजिक सञ्जाल मार्फत वार्ताका लागि संरचना निर्माण भइरहेको बताएका हुन् ।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य कारबाहीको चेतावनी दिँदै आएको कारण दुबै देशबीचको तनाव अझै कम हुन सकेको छैन । फक्स न्युजसँगको अन्तर्वातामा ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने सम्भावना रहेको वताए ।
यसैबीच अमेरिकाले इरान नजिकै आफ्नो नौसैनिक टोली तैनाथ गरेको छ । यसले सम्भावित द्धन्द्धको जोखिम बढाएको विश्लेषकहरुले बताएका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाको सैन्य गतिविधिलाई अस्वीस्कार गर्दै आफ्नो देशले आफ्नै क्षेत्रमा अभ्यास गर्ने अधिकार रहेको बताएका छन् ।
क्षेत्रीय तनाव कम गर्न कतारलगायत देशहरुले कूटनीतिक पहल थालेका छन् । कतारका प्रधानमन्त्रीले इरानी नेताहरुसँग भेट गरी शान्ति प्रयासबारे छलफल गरेका छन् ।
विश्लेषकहरुका अनुसार वार्ता र सैन्य गतिविधि सँगसँगै भइरहेकाले मध्यपूर्वको अवस्था अझै संवेदनशील बनेको छ ।
Leave a Reply