कास्की  ३ मा रास्वपाकी गुरुङ विजयी

पोखरा ।  कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बिना गुरुङ विजयी बन्नुुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङले ३७ हजार ७५० मत सहित विजयी बन्नुुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ ।

निर्वाचनमा नेपाली कांग्रेसका मनोज गुुरुङ १२ हजार ७८० मत सहित दोस्रो बन्नुुभयो भने नेकपा (एमाले)का दामोदर बैरागी सात हजार ९०६ मत सहित तेस्रो बन्नुुभएको छ । त्यस्तै निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले एक हजार ४५६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनालले एक हजार ४०६ मत, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५८६, उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले ४६२ मत  प्राप्त गर्नुभएको छ ।

कास्की ३ मा १ लाख ७ हजार ५ सय ६० मतदाता रहेकामा ६५ हजार ४ सय ७  मत खसेको थियो । निर्वाचित सांसद गुरूङ रास्वपाकी गण्डकी प्रदेश कोषाध्यक्षसमेत हुनुहुन्छ । 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts