सेयर बजारमा उत्साह: ८ महिनापछिकै ठूलो छलाङ, ६ कम्पनीमा लाग्यो ‘सर्किट’

काठमाडौं । सेयर बजारमा मंगलबार जबरदस्त उत्साह देखिएको छ । नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६० विन्दुमा पुगेको छ, जुन गत साउन १३ गतेपछिकै उच्च विन्दु हो । बजार परिसूचकसँगै आज कारोबार रकममा पनि चमक देखिएको छ, जहाँ कुल १४ अर्ब ८३ करोड रुपैयाँको सेयर खरिद-बिक्री भएको छ ।

​आजको कारोबारमा ६ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको ‘सकारात्मक सर्किट’ लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन् ।

​समग्र बजारमा १३६ कम्पनीको मूल्य बढ्दा व्यापार समूहमा सबैभन्दा धेरै ९.१२ प्रतिशतको उछाल आएको छ । विशेषगरी विशाल बजार कम्पनीको मूल्य झण्डै १० प्रतिशतले बढेपछि यस समूहमा आकर्षण देखिएको हो । ११७ कम्पनीको मूल्य घटे पनि नेप्से ३ हजार अंकको मनोवैज्ञानिक विन्दु नजिक पुग्दा लगानीकर्ताहरूमा थप उत्साह थपिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts