काठमाडौँ । मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनावले नयाँ मोड लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य शक्ति बढाउँदै यस क्षेत्रमा अमेरिकी सैनिकको संख्या ५० हजार पुर्याएका छन्। इरानलाई घुँडा टेकाउने दाबीसहित सुरु भएको यो खिचातानी अहिले निर्णायक मोडमा पुगेको देखिन्छ।
विशेषगरी समुद्र र जमिन दुवैबाट आक्रमण गर्न सक्ने ‘मरिन’ र ‘प्याराट्रुपर’ फौजको परिचालनले स्थिति थप गम्भीर बनाएको छ। अमेरिकाको मुख्य निशाना इरानको आर्थिक मेरुदण्ड मानिने ‘खर्ग टापु’ रहेको विश्लेषण गरिएको छ, जहाँबाट इरानले आफ्नो ९० प्रतिशत कच्चा तेल निर्यात गर्छ। यो टापु नियन्त्रणमा लिएर इरानको आम्दानीको स्रोत ठप्प पार्ने ट्रम्पको रणनीति हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
यता इरानले पनि अमेरिकी सैन्य मुभको कडा प्रतिवाद गर्ने चेतावनी दिँदै आफ्ना फौजहरू जुनसुकै अवस्थाका लागि तयार रहेको बताएको छ। ट्रम्पले अप्रिलको पहिलो सातासम्मको ‘अल्टिमेटम’ दिए पनि भित्रभित्रै ‘सरप्राइज’ हमलाको तयारी भइरहेको आशंका गरिएको छ। कतार, बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडाहरू अहिले उच्च सतर्कताका साथ युद्धको पर्खाइमा छन्।

Leave a Reply