फिफा विश्वकप २०२६ को रोमाञ्चक सेमिफाइनल खेलमा स्पेनले फ्रान्समाथि २-० को सानदार जित दर्ता गर्दै फाइनलको यात्रा तय गरेको छ। अमेरिकाको टेक्ससस्थित आर्लिङ्टनमा मंगलबार राति भएको यस खेलसँगै स्पेनले फ्रान्स विरुद्ध आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। यसअघि युइएफए युरो २०२४ को सेमिफाइनल र २०२५ को युइएफए नेसन्स लिगको सेमिफाइनलमा पनि स्पेनले फ्रान्सलाई पराजित गरेको थियो, जसका कारण फ्रान्सविरुद्ध स्पेनको यो लगातार तेस्रो जित हो।
खेलको पहिलो हाफमा स्पेनका युवा सनसनी लामिन यमाललाई डिबक्स भित्र लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। उक्त पेनाल्टीलाई फरवार्ड मिकेल ओयार्जाबालले सहजै गोलमा परिणत गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए। खेलको दोस्रो हाफको सुरुवातमै स्पेनका फुलब्याक पेड्रो पोरोले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। खेलभरि सानदार प्रदर्शन गरेका पोरो प्लेयर अफ दि म्याचु घोषित भए। यस जितसँगै स्पेनले आगामी जुलाई १९ मा इस्ट रदरफोर्डमा हुने फाइनल खेलमा स्थान पक्का गरेको छ । उपाधिका लागि इङ्गल्याण्ड वा अर्जेन्टिनाको सामना गर्नेछ।
