सडकमा दाउरा बालेर भात पकाउँदै विरोध प्रदर्शन:

काठमाडौं । सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै सांकेतिक विरोधस्वरूप विद्यार्थीले रत्नराज्यलक्ष्मी आरआर क्याम्पसको गेटमै खाना पकाएका छन् ।

अखिल क्रान्तिकारी मा आबद्ध विद्यार्थीहरुले बिहीबार भदौ २५ क्याम्पस गेटमा दाउरामा भात र गुन्द्रुक–आलु पकाएका हुन् । गेटमा पाकेको खाना उनीहरूले त्यहीँ बसेर खाए ।

बजारमा ग्यासको अभावले जनजीवन प्रभावित भएपछि कतिपय विद्यार्थी पढाइ छाडेर लाइनमा बस्न थालेका छन् । कतिपयको डेरामा खाना पाक्न छाडेको छ ।

कतिपय विद्यार्थीले आफूहरू चाउचाउ–बिस्कुटको भरमा बाँच्नुपरेको गुनासो गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *