२४ घण्टामा थपिए ३७० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ३७० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरि ३ हजार ५५२ जनामा गरिएको एन्टीजेन परीक्षणमा ६५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा २३९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अवधिमा कोही पनि सङ्क्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts