Author: Dwarika Pokhrel

  • कांग्रेस सभापति थापाद्वारा राजीनामा

    कांग्रेस सभापति थापाद्वारा राजीनामा

    काठमाडौँ, ५ चैतः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिनुभएको छ । उहाँले बुधबार पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ ।

    गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उहाँ सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

    यसैबीच, कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका निम्ति आह्वान गरेको छ ।

  • नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

    नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

    पोखरा । पर्यटनको राजधानि पोखरामा यही चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

    प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै महिला, विद्यार्थी (यू–१६) र विदेशी सहभागीका लागि छुट्टाछुट्टै विधाका विजेतालाईसमेत प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।

    खेल पर्यटनका माध्यमबाट पोखराको पर्वद्धनका लागि क्रियाशील रहेका दुई संस्था पोखरा क्लिक र पोखरा पर्वद्धन केन्द्रको संयुक्त आयोजनामा उक्त दौड प्रतियोगिता सञ्चालन हुन लागेको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताउनु भयो ।

    पोखरा क्लिकले यसअघि पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताका दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित पर्यटन पवद्र्धनात्मक कार्यक्रमका तुलनामा नेपाली नयाँ वर्षमा सो प्रकृतिका कार्यक्रम कम हुँदै आएकाले “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने अवधारणामा रात्रि दौड आयोजना गर्न लागिएको पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतम बताउँछन् ।

    पाँच किलोमिटर दूरीको उक्त दौड बाराही घाटबाट सुरु भई लेकसाइड, पोखराका प्रमुख नगरी क्षेत्र, न्यूरोड, महेन्द्रपुल हुँदै झण्डा पार्क (फल्चा) मा पुगेर सम्पन्न हुनेछ । रात्रिकालीन दौडमार्फत् पोखराको पर्यटन, सांस्कृतिक सौन्दर्य र खेलकुद गतिविधिलाई एकैसाथ प्रवद्र्धन गरी पर्यटकीय राजधानी पोखरालाई खेल पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य आयोजक संस्थाको रहेको ।

    स्थानीय व्यवसाय र पर्यटन क्षेत्रलाई सक्रिय बनाउँदै नयाँ वर्षको अवसरमा युवा र सर्वसाधारणलाई खेलकुद गतिविधिमा सहभागी गराउने लक्ष्य रहेको उक्त प्रतियोगिता सञ्चालनका लागि पोखरा महानगरपालिका, वडा कार्यालय, सुरक्षा निकाय तथा पर्यटन र खेलकुदसँग सम्बन्धित विभिन्न संघ–संस्थासँग सहकार्य गरिने भएको केन्द्र्रका सचिव सागर सुनारले जानकारी दिनुभयो ।

    सम्पूर्ण सरोकारवालाको सहकार्यमा पोखरा रात्रि दौड प्रतियोगिता–२०८३ लाई सुरक्षित, आकर्षक र सफल रूपमा सम्पन्न गर्न प्रतियोगितामा धावकहरूको सुरक्षा, स्वास्थ्य सेवा र ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिइनेसमेत जनाइएको छ ।

  • यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

    निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३२ पैसा ,अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

    त्यस्तै,जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४३ पैसा र बिक्रीदर २१ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ २३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा ,थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४० रुपैयाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५ रुपैयाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

    यसैगरी,हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ २९ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ४५ पैसा, ओमनी रियाल एकको खरिददर ३८२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ ।

  • आजको मौसम :यी स्थानमा वर्षा र हिमपातको सम्भावना

    आजको मौसम :यी स्थानमा वर्षा र हिमपातको सम्भावना


    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलको उच्च चापीय प्रणाली तथा पूर्वी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

    महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ।

    कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भेगका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।

    त्यसैगरी, आज राति कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ। ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

    हिमपात र वर्षाको पूर्वानुमान गरिएका क्षेत्रका सर्वसाधारण तथा यातायातका साधन सञ्चालनका साथै ती भेगमा यात्रा गर्नेहरुलाई सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ।

  • समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट

    समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट


    काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ।

    आयोगका अनुसार तीन प्रतिशत पार गर्ने ६ दलले सिट संख्या प्राप्त गरेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपा ४ सिट प्राप्त गरेको आयोगले जनाएको छ ।

    आयोगका अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए।

    त्यसमध्ये १ करोड ५५ लाख ५९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको छ।

    यस्तै समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख ३५ हजार २५ मत अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको छ।

    साथै आयोगले दलहरुलाई तीन दिनभित्र नाम पेश गर्न म्याद पनि दिएको छ ।

  • मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी

    मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी

    काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य अस्थिर बनेपछि अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल बजारमा पठाउने योजना सार्वजनिक गरेको छ ।

    अमेरिकी ऊर्जा विभागका अनुसार आगामी सातादेखि तेल भण्डार बजारमा पठाउन सुरु गरिनेछ र वितरण प्रक्रिया करिब १२० दिनसम्म चल्नेछ । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि विश्व बजारमा तेलको मूल्य निरन्तर बढिरहेको छ । यसबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले पनि आपूर्ति अवरोध कम गर्न आफ्ना ३२ सदस्य देशको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने निर्णय गरेको छ ।

    यद्यपि, यी कदमपछि पनि कच्चा तेलको मूल्यमा उल्लेख्य कमी नआएको बताइएको छ । विश्व बजारको मानक ब्रेन्ट क्रुडको मूल्य करिब ४.८ प्रतिशत बढेर प्रतिव्यारेल ९१.९८ डलर पुगेको छ ।

    यसैबीच, होर्मुज जलडमरू मार्ग आसपास बढ्दो तनावले विश्व ऊर्जा बजारलाई थप चिन्तित बनाएको छ । उक्त मार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले अवरोधले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने आशंका व्यक्त गरिएको छ ।

  • आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


    काठमाडौं । हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

    हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि लागेको छ ।

    आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । तराई तथा उपत्यकाका थोरै स्थानहरूमा तुवाँलो पनि रहनेछ । कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    यस्तै, आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

  • समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चणमा पुगेको छ ।

    पछिल्लो परिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख बढी मत पाएको छ । अब भने केही मतगणना मात्रै बाँकी छ ।

    रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांगेसले १७ लाख ४७ हजार ७३७, तेस्रो भएको एमालेले १४ लाख ४ हजार ३१ चौथौ भएको नेकपाले लाख ३ हजार ६२७ मत पाएको छ ।

    पाँचौ भएको संकृति पार्टीले ३ लाख ७ हजार ५७ मत पाउँदा छैटौं स्थानमा थ्रेसहोल्ड कटाएको । राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ ।

    समानुपातिकतर्फ हालसम्म एक करोड ७ लाख ३० हजार ५५१ मतगणना भएको छ ।

    प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।

    यसअघि राष्ट्रिय दल बनेका थे्रसहोल्ड कटाएरका मधेशवादी दलहरु भने यसपट निकै पछि पेरेका छन ।

    जसपा नेपालले एक लाख ७४ हजार ३०६ मत पाउँदा जनमत पार्टीले ७ हजार ९४९ मत पाएको छ ।

    जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजा ४९७ मत पाएको छ ।

  • अमेरिकाले आकस्मिक सेवा बाहेकका कर्मचारीलाई वाणिज्य दूतावासबाट बाहिर जान निर्देशन

    अमेरिकाले आकस्मिक सेवा बाहेकका कर्मचारीलाई वाणिज्य दूतावासबाट बाहिर जान निर्देशन

    वाशिङ्गटनले टर्कीएको अदाना शहर नजिकै रहेको वाणिज्य दूतावासबाट अतिआवश्यक बाहेकका कर्मचारीहरूलाई त्यहाँबाट बाहिर जान सल्लाह दिएको अङ्कारास्थित अमेरिकी दूतावासले सोमबार जानकारी गराएको छ।

    वाशिङ्टनले अमेरिकी नागरिकहरूलाई पनि ‘दक्षिणपूर्वी टर्कीए’ छोड्न आदेश दिएको दूतावासले जनाएको छ ।

    फेब्रुअरी २८ मा अमेरिका–इजरायल आक्रमण सुरु भएयता इरानले त्यसको बदलामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको छ ।

    टर्कीएका कैयौँ सैनिक शिविरमा अमेरिकी सेना तैनाथ भए पनि अहिलेसम्म यहाँ आक्रमण भएको छैन ।

    अदाना शहरबाट केवल १० किलोमिटर टाढा रहेको इन्सर्लिक हवाइ अड्डामा नेटो सेनाका लागि महत्त्वपूर्ण सुविधा रहेको छ र यो दशकौँदेखि अमेरिकी सेनाले प्रयोग गर्दै आएको छ जुन अदाना शहरबाट केवल १० किलोमिटर टाढा छ ।

    “विदेश मन्त्रालयले गैर–आकस्मिक अमेरिकी सरकारी कर्मचारी र अमेरिकी सरकारी कर्मचारी परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमको कारण सन् २०२६ मार्च ९ पछि वाणिज्य दूतावास छोड्न आदेश दिएको छ,“ दूतावासले एक्समा जारी विज्ञप्तिमा भनिएको छ।

    मन्त्रालयले यात्रा सुझाबलाई उद्धृत गर्दै भनेको छ,  “दक्षिणपूर्वी टर्कीमा अमेरिकीहरूलाई उक्त क्षेत्रबाट बाहिर निस्कन सूचना जारी गरिएको छ।”

    बुधबार नेटोका सैनिकहरूले इरानबाट टर्कीतर्फ जाँदै गरेको ब्यालेस्टिक क्षेप्यास्त्र रोकेका थिए ।

    त्यसपछि नेटोले इरानले यस क्षेत्रमा आक्रमण बढाएसँगै उसले आफ्नो ‘ब्यालेस्टिक मिसाइल प्रतिरक्षा प्रणाली’ लाई बलियो बनाएको बताएको छ ।

    अङ्कारास्थित टर्कीएको रक्षा मन्त्रालयले नेटोको रक्षा प्रणालीले इरानबाट प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्रलाई रोकेको र निष्क्रिय पारेको बताएको छ ।

    स्पेनका रक्षामन्त्री मार्गरिटा रोबल्सले इन्सर्लिकमा रहेको प्याट्रियट क्षेप्यास्त्रको ब्याट्री प्रयोग गरिरहेको स्पेनी सैनिकले उक्त क्षेप्यास्त्र देखेको बताउनुभएको छ।

    उहाँले भन्नुभयो, “उनीहरूले ‘मिसाइल आक्रमण भएको पहिचान गरेका र यसबारे जानकारी गराएका थिए । यद्यपि उनीहरूले यसलाई गोली हानेका थिएनन्।”

    –––

  • अमेरिकी डेमोक्र्याटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिनको माग

    अमेरिकी डेमोक्र्याटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिनको माग

    अमेरिकी डेमोक्र्याटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई इरानको एक विद्यालयमा भएको आक्रमणमा दर्जनौँको मृत्यु भएको भनिएको आक्रमणको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् ।

    इरानले इजरायल र अमेरिकाले युद्धको सुरुवातमै दक्षिणी शहर मिनाबको प्राथमिक विद्यालयमा आक्रमण गरेको आरोप लगाएको छ । इरानका अनुसार उक्त विस्फोटमा परी १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जसमा अधिकांश विद्यार्थी थिए।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटनाका लागि इरानमाथि नै आरोप लगाइरहनुभएको छ भने पेन्टागनले यसबारे अनुसन्धान गरिरहेको बताएको छ ।

    धेरै उच्च पदस्थ सिनेटरहरूले एक संयुक्त विज्ञप्तिमार्फत् भनेका छन्, “स्वतन्त्र विश्लेषणले आक्रमण अमेरिकी सेनाले गरेको हो वा होइन विश्वसनीय रूपमा सुझाव दिनेछ र यदि यो सत्य पुष्टि भएमा मध्य पूर्वमा अमेरिकी सैन्य कारबाहीको पछिल्ला दशकहरूमा नागरिक हताहतीको यो सबैभन्दा खराब घटनाहरूमध्ये एक हुनेछ।”

    “स्कुले बालबालिकाको हत्या डरलाग्दो र कुनै पनि हालतमा अस्वीकार्य छ,” पेन्टागनका प्रमुख पिट हेगसेथले यस त्रासदीको पूर्ण र निष्पक्ष समीक्षा गर्नुपर्ने बताउनुभएको छ।

    न्यूयोर्क टाइम्सले इरानको अर्धसरकारी मेहर न्यूजले अपलोड गरेको भिडियोलाई प्रमाणित गरेको छ, जसमा अमेरिकी टोमाहक क्रुज मिसाइलले रिभोलुसनरी गाड्र्सको स्कूलको नजिकै रहेको क्लिनिकको संरचनामा प्रहार गरेको देखिन्छ।

    टाइम्सका अनुसार यस युद्धमा टोमाहक्स प्रयोग गर्ने एक मात्र शक्ति संयुक्त राज्य अमेरिकाको सेना हो ।

    अमेरिकी सेनाले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ नजिकै रिभोलुसनरी गाड्र्सको आधार शिविर रहेको नौसैनिक लक्ष्यहरूमा आक्रमण गरेको बताएपनि विद्यालयमा भएको विस्फोट आफ्नो सेनाले नगराएको द टाइम्सले अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ।

    सांसदहरूले भनेका छन, “यो घटना अझ चिन्ताजनक छ किनकि यसलाई उनीहरूले हेगसेथको बल प्रयोगको लागि ‘खुला रूपमा अभद्र दृष्टिकोण’ भनेका छन्। उहाँले गत हप्ता इरानमा अमेरिकी आक्रमण ‘संलग्नताको मूर्खतापूर्ण नियमहरू’ द्वारा बाँधिन बाध्य नहुने बताउनुभएको थियो ।

    वक्तव्यमा हस्ताक्षर गर्नेहरूमा सिनेटको विदेश सम्बन्ध समितिमा शीर्ष ‘डेमोक्र्याट’ जीन शाहीन पनि रहनुभएको छ।

    एएफपीले विस्फोटस्थलको भ्रमण गरी विद्यालयमा भएको मृतकको सङ्ख्या वा घटनाको विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।