Category: अन्तर्राष्ट्रिय

  • फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजीको जेल सजाय गाभ्ने प्रस्ताव अदालतद्वारा अस्वीकार

    फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजीको जेल सजाय गाभ्ने प्रस्ताव अदालतद्वारा अस्वीकार

    फ्रान्सको एक अदालतले सोमबार पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अवैध आर्थिक सहयोग लिएको सजायमा जेल सजाय भोग्नुपर्ने फैसला सुनाएको छ ।

    यस निर्णयले सन् २००७ देखि २०१२ सम्म एक कार्यकाल पूरा गरेका र पद छाडेपछि कानुनी समस्याहरूको सामना गरेका पूर्वराष्ट्रपतिले फेरि खुट्टामा विद्युतीय अनुगमन यन्त्र लगाउनुपर्ने हुन सक्छ ।

    उहाँले डिसेम्बर २०२४ मा तथाकथित ‘बिस्मथ’ मुद्दामा न्यायाधीशको पक्ष लिने प्रयासको लागि आफ्नो अन्तिम कानुनी सहारा अन्त्य भएको थियो र आरोपको खण्डन गरेका पूर्व राष्ट्रपतिलाई आपराधिक षड्यन्त्रको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो।

    गत वर्ष नोभेम्बरमा उहाँले सन् २०१२ को आफ्नो असफल पुनः चुनावको प्रयासको अवैध वित्तपोषणको लागि ‘बाइग्मेलियन’ मुद्दामा दोस्रो सजाय प्राप्त गर्नुभएको थियो । यसमा फ्रान्सको सर्वोच्च अदालतले छ महिनाको जेल सजायलाई सदर गरेको छ । उहाँले दुबै मुद्दाको सजाय अवधिलाई गाभ्न गरेको अपिल अदालतले खारेज गरिदिएको छ।

    सन् २००७ मा लिबियाबाट आर्थिक सहयोग लिएको अभियोगमा गत बर्ष २० दिन जेल सजाय भाग्नुभएको थियो । उहाँ आधुनिक फ्रान्सको स्थापनापछि जेल जाने पहिलो राष्ट्रपति हुनुहुन्छ ।  सार्कोजीले उक्त मुद्दामा अपिल दायर गर्नुभएको छ।

    दोस्रो विश्वयुद्धपछि जेल परेका नाजी राष्ट्रप्रमुख फिलिप पेटेनपछि सार्कोजी जेलमा पर्ने पहिलो फ्रान्सेली नेता हुनुहुन्छ ।

    उहाँ कार्यालय छोडेपछि कानुनी समस्याहरूको बावजुद एक प्रभावशाली व्यक्तिका रूपमा हेरिनुहुन्छ ।

  • लेबनानमा हिंसा बढ्दा एक सातामै ८३ बालबालिकाको मृत्यु

    लेबनानमा हिंसा बढ्दा एक सातामै ८३ बालबालिकाको मृत्यु

    काठमाडौं । लेबनानमा बढ्दो सैन्य गतिविधि र हिंसात्मक घटनाका कारण पछिल्लो एक सातामै कम्तीमा ८३ बालबालीको ज्यान गएको छ । बालबालिकाको ज्यान जाने र घाइते हुने घटना तीव्र रूपमा बढेको भन्दै संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
    युनिसेफका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक एडुआर्ड बेइगबेन्डरले सोमबार जारी गरेको वक्तव्यमा लेबनानमा बढ्दो द्वन्द्वका कारण बालबालिकामाथि परेको प्रभाव अत्यन्तै चिन्ताजनक भएको बताएका छन् ।

    उनका अनुसार मार्च २ यता लेबनानमा कम्तीमा ८३ जना बालबालिकाको मृत्यु भएको छ भने २५४ जना घाइते भएका छन् । पछिल्लो एक सातामा दैनिक औसतमा १० भन्दा बढी बालबालिकाको ज्यान गएको र करिब ३६ जना बालबालिका घाइते भएको तथ्यांकले देखाएको छ ।
    युनिसेफका अनुसार पछिल्ला २८ महिनामा लेबनानमा द्वन्द्वका कारण ३२९ बालबालिकाको मृत्यु भइसकेको छ भने १ हजार ६३२ जना घाइते भएका छन् । पछिल्ला ६ दिनमै बालबालिकाको मृत्यु संख्या २५ प्रतिशतले बढेको भन्दै संस्थाले यसलाई अत्यन्तै भयावह अवस्था भनेको छ ।

    “देशभर भइरहेका सैन्य आक्रमणका कारण बालबालिका भयावह दरमा मारिने र घाइते हुने क्रम जारी छ,” बेइगबेन्डरले भने, “परिवारहरू डरका कारण घर छोडेर भाग्न बाध्य छन् र हजारौं बालबालिका चिसो तथा भीडभाडयुक्त आश्रयस्थलमा रात बिताउन बाध्य भएका छन् ।”
    युनिसेफका अनुसार द्वन्द्वका कारण लेबनानमा करिब ७ लाख मानिस विस्थापित भएका छन् । जसमा करिब २ लाख बालबालिका रहेका छन् । संस्थाले सबै पक्षलाई नागरिक तथा नागरिक संरचनाको सुरक्षा गर्न आग्रह गरेको छ । विद्यालय, आश्रयस्थल तथा अन्य नागरिक संरचनालाई सुरक्षित राख्न अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न पनि युनिसेफले आह्वान गरेको छ ।

    पश्चिम एशियामा इरान, अमेरिका र इजरायलबीच बढ्दो सैन्य तनावका कारण क्षेत्रीय द्वन्द्व चर्किँदै गएको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको सैन्य आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएपछि स्थिति थप तनावपूर्ण बनेको हो ।

    त्यसपछि इरानले प्रतिउत्तरस्वरूप विभिन्न अरब देशमा रहेका अमेरिकी सैन्य अड्डा र इजरायली लक्ष्यमा आक्रमण गरेको थियो । इजरायलले पनि इरानमाथि आक्रमण जारी राख्दै द्वन्द्वलाई लेबनानसम्म विस्तार गरेको र हिज्बुल्लाह तथा इरान समर्थित समूहलाई लक्षित गरी सैन्य कारबाही गरिरहेको बताइएको छ ।

  • पाकिस्तानद्वारा अफगानस्तानविरुद्ध ‘खुला युद्ध’ को घोषणा

    पाकिस्तानद्वारा अफगानस्तानविरुद्ध ‘खुला युद्ध’ को घोषणा

    काठमाडौं । पाकिस्तान र अफगानिस्तान बीच सीमा पारको द्वन्द्व शुक्रबार तीव्र बनेको छ । अफगानस्तानले काबुल, कन्दहार र उबअतय क्षेत्रमा हवाई हमला गरेपछि इस्लामाबादले काबुलविरुद्ध “खुला युद्ध” घोषणा गरेको जनाएको छ ।

    पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफ ले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सार्वजनिक गरेको बयानमा अफगानिस्तानमाथि पलायनवादी कट्टरपन्थी समूह र आतंकवादीलाई संरक्षण गरेको आरोप लगाउँदै “हाम्रो धैर्य टुट्यो, अब खुला युद्ध छ” भनेका छन् । उनले भनेका छन,“नाटो फौजको वापसीपछि अफगानिस्तानमा शान्ति हुने अपेक्षा थियो । तर त्यहाँ विश्वभरका आतंकवादीहरू जम्मा भए, आतंक निर्यात हुन थाल्यो । महिला–मानवअधिकारबाट वञ्चित गरियो, अब हाम्रो धैर्यको प्याला ओवरफ्लो भयो । अब ‘दमा दम मस्त कुलन्दर’ हुनेछ । हामी तिमीहरूका छिमेकी हौँ, हामी तिम्रो भेडा–भित्ता जान्ने गर्छौँ । अल्लाहु अकबर ।”

    यसैबीच, अफगानिस्तानका सरकारी प्रवक्ता जÞबिहुल्लाह मुजाहिद ले पाकिस्तानको हवाई हमलालाई “कायरतापूर्ण” कदम भनेका छन् । उनका अनुसार काबुल, कन्दहार र उबअतय का केही भागमा भएको हवाई हमलामा भाग्यमानी रूपमा कुनै मानवीय क्षति भएको रिपोर्ट छैन ।
    यो तनाव अफगानिस्तान र पाकिस्तानबीच दुरन्द रेखा (ब्रिटिशकालिन सीमारेखा) लाई लिएर बढ्दो सुरक्षा चिन्ता र विवादबीच आएको हो ।

    अफगानिस्तानको राष्ट्रिय रक्षा मन्त्रालयले पाँचौरी सैनिकहरूद्वारा पाकिस्तान सीमा क्षेत्रमा प्रतिकारात्मक अभियानमा ५५ पाकिस्तानी सैनिक मारिएका, दुई बेस र १९ पोस्ट कब्जा गरिएको दाबी गरेको छ । मन्त्रालयका बयानअनुसार फेब्रुअरी २६ अर्थात रमजानको ९ गते राति ८ बजे उक्त अभियान सुरु गरिएको थियो, जसलाई “पाकिस्तानी सेनाले केही दिनअघि अफगान सीमा उल्लङ्घन गरेको” जवाफमा सञ्चालन गरिएको बताएका थिए ।

    यसैबीच, पाकिस्तानी तर्फबाट “गÞजÞब लिल हक” नामक विशेष अभियान सुरु गरिएको र यसमा १३३ अफगान तालिबान लडाकू मारिएका, २०० भन्दा बढी घाइते भएका तथा २७ तालिबान पोस्ट ध्वस्त र ९ कब्जा गरिएको दावी गरिएको छ । यसबीचको तनावले दुबै छिमेकी राष्ट्रबीच सुरक्षा, राजनीतिक र मानवीय चुनौती थप गम्भीर बन्दै गएको छ ।

  • इरानका उच्च कूटनीतिज्ञ अमेरिकासँगको वार्ताका लागि जेनेभा प्रस्थान

    इरानका उच्च कूटनीतिज्ञ अमेरिकासँगको वार्ताका लागि जेनेभा प्रस्थान

    इरानका विदेशमन्त्री अब्बास अराघची र उहाँको वार्ता टोली बुधबार तेहरानबाट जेनेभाका लागि प्रस्थान गरेको सरकारी टेलिभिजनले जनाएको छ ।

    वासिङ्टन र तेहरानले इरानको आणविक कार्यक्रमबारे सहमति जुटाउने उद्देश्यका साथ ओमानको मध्यस्थतामा दुई चरणको वार्ता गरिसकेका छन्।

    अमेरिकाले इरानले युरेनियम प्रशोधन शून्यमा झार्न पटक–पटक आह्वान गर्दै आएको छ, यसका साथै, इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई सम्बोधन गर्न र उक्त क्षेत्रमा रहेका लडाकू समूहलाई समर्थन गर्न पनि माग गर्दै आएको छ ।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई परमाणु हतियार निर्माण गर्न नदिने बताउनुभएको छ।

    इरानले बारम्बार आणविक हतियार आफ्नो रोजाइ नभएको बताउँदै आएको छ तर शान्तिपूर्ण उद्देश्यका लागि आणविक प्रविधि प्रयोग गर्ने अधिकार आफूसँग रहेको पनि बताउँदै आएको छ।

    सम्झौताका लागि इरानमाथि दबाब दिँदै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा महत्वपूर्ण जलसेना परिचालन गर्नुभएको छ ।

    इरानले हालैका दिनहरूमा देशको दक्षिणी क्षेत्र र खाडीमा रणनीतिक रूपमा महत्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ नजिकै धेरै चरणको सैन्य अभ्यास गरेको छ।

  • कम्बोडियाका विपक्षी नेता चान्थी जेलमुक्त

    कम्बोडियाका विपक्षी नेता चान्थी जेलमुक्त

    सरकारको आलोचना गरेको आरोपमा जेलमा रहेका कम्बोडियाली विपक्षी पार्टीका पूर्व नेता शाही माफीपछि बुधबार रिहा हुनुभएको छ ।

    नेशन पावर पार्टीका संस्थापक सन चान्थीलाई सन् २०२४ डिसेम्बरमा सामाजिक अराजकता निम्त्याएको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको थियो । कम्बोडियाली अधिकारीहरूले यो आरोप बारम्बार सरकारी आलोचकविरुद्ध प्रयोग गर्छन् ।

    जापानमा समर्थकहरूसँगको भेटका क्रममा कम्बोडियाली सरकारको आलोचना गर्ने भिडियो क्लिपसहित उनको सामाजिक सञ्जाल पोष्टसँग उहाँको मुद्दा सम्बन्धित छ।

    नेसन पावर पार्टीका सल्लाहकार रोङ चुनले राजा नोरोद्दोम सिहामोनीले आममाफी दिएपछि चान्थीलाई बुधबार बिहान पुर्सात प्रान्तको एक जेलबाट रिहा गरिएको बताउनुभयो ।

    चुनले आफ्ना नेताको रिहाइको स्वागत गर्दै भन्नुभयो, “जेलमुक्त गरिएका चान्थीलाई उहाँकी श्रीमतीले जेलबाट बुझ्नुभएको थियो ।

    परम्परागत रूपमा सरकारको अनुरोधमा कब्बोडियाका राजाले शाही माफी जारी गर्ने परम्परा रहेको छ ।

    चुनले रिहाइको पुष्टि गर्दै भन्नुभयो, “चान्थीको समय अगावै भएको रिहाइको लागि कुनै कारण दिइएको छैन।”

    लामो समयदेखि विपक्षी नेता र मजदुर कार्यकर्ता रहेका रोङ छुन आफैँले गत वर्ष यस्तै उक्साएको आरोपमा चार वर्षको जेल सजाय पाएपछि मुद्दाबारे अपिल गरिरहनुभएको छ।

    सन् २०२४ मा उहाँले भूमि विवादका पीडितहरूलाई भेटेपछि र प्रधानमन्त्री हुन मानेटको भियतनामको सीमामा रहेको क्षेत्रमा टिप्पणी गरेपछि उहाँविरुद्ध मुद्दा दायर गरिएको थियो।

    चुनले बुधबार उहाँविरुद्धको आरोप फिर्ता लिन र जेलमा रहेका दलका अन्य कार्यकर्ताहरूको रिहाइको माग गर्नुभएको छ ।

    अधिकारवादी समूहहरूले लामो समयदेखि कम्बोडियाको सरकारले कानुनी मुद्दालाई विपक्षी आवाज र वैध राजनीतिक असहमतिलाई दबाउन रणनीतिको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।

    नेता हुन सेनले करिब चार दशकको शासनपछि राजीनामा दिएपछि उहाँका छोरा हुन मानेटले सन् २०२३ मा सत्ता सम्हाल्नुभएको थियो ।

  • ग्रीसमा भएको डुङ्गा दुर्घटनामा परेका इजिप्टका १८ जना अझै बेपत्ता

    ग्रीसमा भएको डुङ्गा दुर्घटनामा परेका इजिप्टका १८ जना अझै बेपत्ता

    गत हप्ता ग्रीसको क्रेट टापुमा आप्रवासीहरूलाई बोकेको एक डुङ्गा दुर्घटनामा वेपत्ता भएका आफ्ना १८ नागरिक अझै हराइरहेका इजिप्टले बुधबार जानकारी गराएको छ।

    काठको उक्त डुङ्गामा चार नाबालकसहित ५० जना सवार थिए ।

    ग्रीक अधिकारीहरूले उद्धार कार्यका लागि त्यस क्षेत्रमा एक व्यापारिक जहाजलाई निर्देशन दिएका थिए ।

    ग्रीसको सार्वजनिक प्रसारक इआरटीका अनुसार आप्रवासीहरूको डुङ्गा नजिक पुग्दा एउटा दुर्घटना भएको थियो ।

    यात्रुहरूले उद्धार जहाजमा भर्याङ चढ्न खोज्दा अचानक डुङ्गा पल्टिएको थियो ।

    इजिप्टको विदेश मन्त्रालयका अनुसार डुङ्गामा २१ इजिप्टका नागरिक सवार थिए, जसमध्ये तीन जना मृत अवस्थामा फेला परेका छन् भने अन्य अझै हराइरहेका छन् ।

    ग्रीक अधिकारीहरूका अनुसार व्यावसायिक जहाजले बीस आप्रवासीहरूलाई उद्धार गरेको थियो तर धेरै व्यक्तिहरू अझै पनि बेपत्ता छन्।

    स्थानीय सञ्चारमाध्यम क्रेटा २४ का अनुसार ग्रिसका अधिकारीहरूले मानव तस्कर भएको आशङ्कामा दुई सुडानी पुरुषलाई पक्राउ गरेका छन् ।

    आप्रवासी डुङ्गा लिबियाबाट हिँडेको अनुमान गरिएको छ ।

    आप्रवासीहरूले नियमित रूपमा लिबियाबाट युरोपेली सङ्घको प्रवेशद्वार क्रेटमा खतरनाक छाल पार गर्ने प्रयास गर्छन्।

    गत वर्ष १७ हजारभन्दा बढी इजिप्टका नागरिक भूमध्यसागर हुँदै युरोप पुगेका थिए, जसले उनीहरूलाई युरोपमा अनियमित आप्रवासीहरूको शीर्ष अफ्रिकी र दोस्रो ठूलो विश्वव्यापी समूह बनाएको थियो।

    धेरै आप्रबासीहरू इजिप्टको नाइल डेल्टाका गरिब शहरहरूबाट आउँछन् र लिबिया हुँदै यात्रा गर्छन्, जहाँ उनीहरूले स्वेच्छाचारी हिरासत, यातना, यौन हिंसा र जबरजस्ती श्रमको सामना गर्छन्।

    उनीहरूलाई प्रायः जबरजस्ती असुली गरिन्छ र बन्धक बनाइन्छ र जबसम्म उनीहरूका परिवारले घरबाट तस्करहरूलाई थप पैसा पठाउँदैनन् उनीहरूले गन्तव्यतर्फ जान पनि पाउँदैनन् ।

    इजिप्टको विदेश मन्त्रालयले नागरिकहरूलाई ‘अवैध आप्रवासन गिरोहहरूबाट बहकिनबाट बच्न अत्यधिक सावधानी अपनाउन’ चेतावनी दिएको छ र मृतकहरूको स्वदेश फिर्तीमा समन्वय गरिरहेको बताएको छ।

  • कोषको अभावमा दक्षिण सुडानमा १९ लाख विस्थापितहरूको जीवन जोखिममा : संयुक्त राष्ट्रसङ्घ

    कोषको अभावमा दक्षिण सुडानमा १९ लाख विस्थापितहरूको जीवन जोखिममा : संयुक्त राष्ट्रसङ्घ

    दक्षिण सुडानमा सहायता कोषको अभावका कारण १९ लाखभन्दा बढी विस्थापितहरूको जीवन जोखिममा परेको संयुक्त राष्ट्रुङ्घको आप्रवासीमामिला हेर्ने निकायले बुधबार बताएको छ ।

    अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले विश्वको सबैभन्दा बढी विस्थापन प्रभावित देशमध्ये एकमा दक्षिण सुडानमा मानवीय आवश्यकताहरू नाटकीय रूपमा स्रोतभन्दा बढी भइरहेको बताएको छ ।

    “महत्वपूर्ण आर्थिक अभावले दक्षिण सुडानमा १९ लाखभन्दा बढी विस्थापित व्यक्तिको जीवन जोखिममा पारिरहेको छ,” आइओएमले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

    विश्वको नयाँ सार्वभौम देश दक्षिण सुडान सन् २०११ मा स्थापना भएदेखि नै गृहयुद्ध, गरिबी र व्यापक भ्रष्टाचारको चपेटामा छ ।

    वर्षौंको द्वन्द्व, बाढी र अस्थिरताका कारण आफ्नै विस्थापनको सामना गरिरहेको दक्षिण सुडान छिमेकी सुडानमा द्वन्द्वबाट भागेर नयाँ आउनेहरूको व्यवस्थापन समस्यासँग पनि जुधिरहेको आइओएमले जनाएको छ ।

    आइओएमले भनेको छ, “सन् २०२३ अप्रिलमा सुडानमा युद्ध सुरु भएदेखि १३ लाखभन्दा बढी मानिसहरू दक्षिण सुडानमा प्रवेश गरेका थिए ।

    आइओएमले यसले सीमावर्ती समुदायहरू, देशको अत्यधिक सेवा र कमजोर पूर्वाधारमा ‘ठूलो दबाब’ सिर्जना गरेको बताएको छ।

    “दक्षिण सुडानले असाधारण बोझ बोकेको छ र कोषको कमीले लाखौँको लागि दिगो समाधानको प्रगतिलाई कमजोर पार्ने जोखिम छ,“ आइओएम परियोजनाका उपमहानिर्देशक उगोची डेनियलले भन्नुभयो ।

    उहाँले भन्नुभयो, “विस्थापित परिवार र पाहुना समुदायहरूले आफ्नो जीवन पुनर्निर्माण गर्न कोशिस गरिरहेका छन्, तर यहाँ वास्तविक तनाव छ।

    निरन्तर सहयोग र शान्तितर्फको प्रगतिबिना यी समुदायहरूले नयाँ अस्थिरता र विस्थापनको सामना गर्न सक्छन्।”

    आइओएमले सन् २०२६ को प्रतिकार्य योजनाका लागि व्यवस्था गरिएको २९ लाख अमेरिकी डलर सहयोगका लागि निकै कम भएको बताएको छ ।

    संयुक्त राष्ट्रसङ्घमा सबैभन्दा ठूलो योगदानकर्ता रहँदै आएको संयुक्त राज्य अमेरिकाले सन् २०२५ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्केपछिे आफ्नो वैदेशिक सहायता कोष कटौती गरेको छ । अन्य देशहरूले पनि आफ्नो सहयोगको राशीको सीमा कडा गरेका छन् ।

    संयुक्त राष्ट्र संघका अनुसार दक्षिण सुडानका राष्ट्रपति साल्भा कीर र उहाँका लामो समयदेखिका प्रतिद्वन्द्वी रिक माचरका समर्थकहरूबीच हालैका हप्ताहरूमा हिंसा बढेको छ – यसको अधिकांश भाग जोङलेई राज्यमा केन्द्रित छ जहाँ कम्तिमा दुई लाख ८० हजार मानिसहरू विस्थापित भएका छन् ।

    द्वन्द्वले दुई ठूला जातीय समूहहरूलाई एक अर्का बिरूद्ध उक्साएको छ । डिन्का समुदायलाई प्रायः कीरसँग निकट रहेको छ भने नुएर प्रायः माचरसँग सहकार्य गरेको छ ।

  • एपस्टीनसँग सम्बन्ध रहेको तर कुनै अपराधमा नरहेको बिल गेट्सको दावी

    एपस्टीनसँग सम्बन्ध रहेको तर कुनै अपराधमा नरहेको बिल गेट्सको दावी

    बिल गेट्सले जेफ्री एपस्टिनसँग सम्बन्ध गरेर ‘ठूलो गल्ती’ गरेको स्वीकार गर्नुभएको छ।

    उहाँले आफ्नो ‘परोपकारी सङ्गठन’ कर्मचारीहरूसँग भन्नुभएको छ, “उहाँको दुई रूसी महिलाहरूसँग सम्बन्ध रहेको भएपनि उहाँ ती बदनाम वित्तकर्मीको अपराधमा संलग्न हुनुभएको थिएन।” 

    दोषी यौन अपराधी एपस्टीनसँग घनिष्ठ मित्रता, अवैध वित्तीय लेनदेन र निजी फोटो भेटिएका माइक्रोसफ्टका सह–संस्थापक अमेरिकी न्याय विभागले जारी गरेको कागजातहरूमा देखा परेका प्रमुख नामहरूको सूचीमध्ये एक हुनुहुन्छ ।

    मङ्गलबार गेट्स फाउन्डेसनका कर्मचारीहरूसँग टाउन हलमा गेट्सले एपस्टीनसँगको उहाँको सम्बन्धले उहाँको परोपकारी सङ्गठनको कामलाई असर पारेकोमा खेद व्यक्त गर्नुभएको वाल स्ट्रिट जर्नलले पुष्टि गरेको छ।

    “एपस्टीनसँग ‘समय बिताउनु ठूलो गल्ती’ थियो र गेट्स फाउन्डेशनका अधिकारीहरूलाई एपस्टीनसँग बैठकमा ल्याउनु पनि ठूलो गल्ती थियो,” उहाँले भन्नुभयो ।

    “मैले गरेको गल्तीको कारण यसमा तानिएका अन्य व्यक्तिहरूसँग म माफी माग्छु,” उहाँले भन्नुभयो ।

    न्याय विभागले जारी गरेको कागजातमध्ये एक मस्यौदा इमेलमा एपस्टीनले गेट्सलाई विवाहेत्तर सम्बन्धमा संलग्न भएको आरोप लगाउनुभएको छ र जसमा भनिएको छ, “गेट्ससँगको उहाँको सम्बन्ध ‘बिललाई ड्रग्स प्राप्त गर्न मद्दत गर्ने, रूसी केटीहरूसँग यौन सम्बन्धको परिणामको सामना गर्न, विवाहित महिलाहरूसँग उहाँको अवैध प्रयासलाई सहज बनाउनसम्म’ थियो।”

    –मैले केही पनि अवैध देखेको छैन–

     टाउन हलमा दुई घटनालाई स्वीकार गर्दै ७० वर्षीय बिल गेट्सले भन्नुभयो, “मेरो एक रूसी ब्रिज प्लेयरसँग सम्पर्क थियो, जसले मलाई ब्रिज कार्यक्रमहरूमा भेटेका थिए । त्यसैगरी अर्को रूसी परमाणु भौतिकशास्त्रीसँग मैले व्यापारिक गतिविधिहरूको माध्यमबाट भेटेको थिएँ ।”

    उहाँले एपस्टीनका पीडितहरूसँग कुनै संलग्नता अस्वीकार गर्नुभयो, जसको कम उमेरका केटीहरूको यौन तस्करीको मुद्दाको पर्खाइमा सन् २०१९ मा न्यूयोर्कको जेलको कोठरीमा मृत्यु भएको थियो ।

    “मैले कुनै अवैध काम गरेको थिइन । मैले केही पनि अवैध सम्बन्ध थाहा पाएकोे थिइन,” गेट्सले टाउन हलका सहभागीसँग भन्नुभयो ।

    विशाल प्रविधि उद्यमी गेट्सले भन्नुभयो, “एपस्टीनसँग मेरो सम्बन्ध उहाँले वेश्यावृत्तिको लागि एक नाबालिगलाई आग्रह गरेको तीन वर्ष पछि सन २०११ मा सुरु भएको थियो ।

    एपस्टीनको यात्रामा प्रतिबन्ध लगाउने ‘१८ महिनाको बिषय’ को बारेमा थाहा भएको तर उहाँको पृष्ठभूमि जाँच नगरेको गेट्सले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “उहाँकी तत्कालीन पत्नी मेलिन्डाले सन् २०१३ मा एपस्टीनको बारेमा चिन्ता व्यक्त गर्नुभएको थियो तर उहाँले कम्तिमा अर्को वर्षसम्म सम्बन्ध जारी राख्नुभयो।”

    गेट्सले संस्थाका कर्मचारीसँग भन्नुभयो, “मैले अहिले के थाहा पाएको छु भन्ने कुरा तपाइहरूलाई पनि थाहा छ, विगतमा उहाँको अपराधको सन्दर्भ अपराध मात्र नभएर सय गुणा खराब व्यवहार हो।”

    गेट्स फाउन्डेसनले भनेको छ, “गेट्सले एपस्टीन मुद्दा र अन्य मुद्दाहरूलाई संस्थाको अन्य बिषयमा यसको निर्धारित अर्धबार्षिक कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।”

    “बिल गेट्सले बैठकमा धेरै प्रश्नहरूको विस्तृत जवाफ दिँदै स्पष्ट रूपमा बोल्नुभएको थियो र आफ्नो कार्यको जिम्मेवारी लिनुभएको थियो,” संस्थाले एएफपीलाई दिइएको विज्ञप्तिमा भनिएको छ।

  • भारत–पाकिस्तान युद्धविराममा ट्यारिफको धम्की प्रयोग गरेको ट्रम्पको दाबी

    भारत–पाकिस्तान युद्धविराममा ट्यारिफको धम्की प्रयोग गरेको ट्रम्पको दाबी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा भारत–पाकिस्तानबीच भएको ‘युद्धविराम’ आफ्नो पहलमा सम्भव भएको दाबी पुनः दोहो¥याएका छन् । उनले २०० प्रतिशतसम्मको आयात शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएर दुवै देशलाई वार्तामा ल्याएको बताएका हुन् ।

    अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले ‘रिसिप्रोकल ट्यारिफ’ लागू गर्दा कानुनी अधिकार नाघेको ठहर गरेको सन्दर्भमा उनले उक्त दाबी दोहो¥याएका हुन् । ट्रम्पले भने, “मैले ८ वटा युद्ध समाधान गरेको छु, जसमा भारत–पाकिस्तानजस्ता ठूला र सम्भावित आणविक द्वन्द्व पनि पर्छन् । यदि उनीहरू लड्न चाहन्थे भने अमेरिकासँग व्यापार गर्न नपाउने र २०० प्रतिशत ट्यारिफ तिर्नुपर्ने भनें । त्यसपछि उनीहरूले फोन गरेर शान्ति भएको बताए ।”

    उता, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले ‘पिस बोर्ड’ को उद्घाटन बैठकमा ट्रम्पको प्रशंसा गर्दै उनलाई “शान्तिका व्यक्ति” र “दक्षिण एसियाली जनताको उद्धारकर्ता” बताएका छन् । उनले ट्रम्पको समयोचित हस्तक्षेपले लाखौं मानिसको सम्भावित ज्यान जोगिएको दाबी गरेका छन् । यो घटनाक्रम अप्रिल २०२४ मा भएको पहलगाम आतंकवादी आक्रमणपछि उत्पन्न तनावसँग सम्बन्धित छ ।

    उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । त्यसको जवाफमा भारतले ‘अपरेसन सिन्दुर’ अन्तर्गत पाकिस्तानस्थित आतङ्कवादी पूर्वाधारमाथि लक्षित आक्रमण गरेको थियो । तर भारतले ट्रम्पको मध्यस्थताको दाबी अस्वीकार गर्दै आएको छ । भारतले जम्मु–कश्मीरलगायतका सबै मुद्दा दुई देशबीचकै द्विपक्षीय वार्ताबाट समाधान हुनुपर्ने आफ्नो दीर्घकालीन अडान पनि पुनः स्पष्ट पारेको छ ।

  • अमेरिकाको आक्रमणले क्षेत्रीय युद्ध भड्किन सक्ने खामेनीको चेतावनी

    अमेरिकाको आक्रमणले क्षेत्रीय युद्ध भड्किन सक्ने खामेनीको चेतावनी

    काठमाडौँ :
    इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले अमेरिकाले इरानमाथि आक्रमण गरेमा मध्यपूर्व क्षेत्रमा ठूलो स्तरको युद्ध सुरु हुन सक्ने चेतावनी दिएका छन् ।

    इरानको पारमाणविक कार्यक्रम र सरकारविरुद्धका प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निरन्तर दबाब दिँदै आएका छन् । यसका कारण खाडी क्षेत्रसहित मध्यपूर्वमा तनाव बढ्दै गएको छ ।

    इरान वरपर अमेरिकाले सैनिक गतिविधि बढाइरहेका बेला खामेनीको यो भनाइ सार्वजनिक भएको हो । उनले अमेरिकाको धम्कीबाट इरान नडराउने स्पष्ट पारेका छन् ।

    यसैबीच नेपाल सरकारले इरानमा रहेका नेपालीलाई सतर्क रहन र आवश्यक परे स्वदेश फर्कन आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । इरान जाने कार्यक्रमसमेत स्थागित गर्न अनुरोध गरिएको छ ।

    यसैबीच नेपाल सरकारले इरानमा रहेका नेपालीलाई सतर्क रहन र आवश्यक परे स्वदेश फर्कन आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । इरान जाने कार्यक्रम समेत स्थिगित गर्न अनुरोध गरिएको छ ।

    तनावका बीच कतारलगायत देशले कूटनीतिक पहल मार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेका छन् । दुबै पक्षबीच वार्ताका लागि वातावरण बनाउन प्रयास भइरहे पनि ठोस सहमति भने हुन सकेको छैन ।

    विश्लेषकहरुका अनुसार यदि अमेरिका र इरानबीच सैन्य दून्दू चर्कियो भने त्यसको असर सम्पूर्ण क्षेत्र तथा विश्व राजनीतिमा पर्न सक्नेछ ।