नेपालीको जिनमै अलौकिक शक्ति

विश्वभरि पाईने विभिन्न प्रकारका हावापानी मध्य ५ थरि नेपालमा पाइन्छ । देशको भौगोलिक सीमांकन खासै ठूलो नभएतापनि तराइँ , पहाड र हिमाल समेटेको हुनाले पनि यहाँको हावा पानी स्वास्थ्यकर छ । हिमाल , पहाड नदिनालावाट आउने पानी आफैमा स्वास्थ्यकर छदै छ । यस वाहेक यहाँ विभिन्न प्रकारका जडिवुटि , वनस्पति , जीव जनावरहरु पनि पाईन्छ । सनातन सभ्यता रहेको यस धर्तीमा विभिन्न परम्परा सस्कृति आज सम्म पनि यथावत छ । यस्तै विविध प्राकृतिक सौन्दर्यता र रहस्यले पनि होला नेपालमा मानिसहरु प्राय घरभित्र भन्दा घरबाहिर बस्न बढी रुचाउछन् ।
हिमालमा वस्ने मानिस जाडो मौषममा तराइँ वा पहाडमा सरछन् भने धेरै गर्मी हुदा तराइँ पहाडका मानिस पनि उच्च भुभाग तिर जान रमाउदछन् । यहाँ नयाँ उपकरण ए सि जस्ता प्रविधि भन्दा देशको प्राकृतिक विविधताको महत्व अतुलनीय छ । जाडोमा काम्दै हिँड्ने , गर्मीमा पसिना बगाउँदै हिँड्ने तथा बर्षामा भिज्दै हिँड्ने हुरी चल्दा पनि हुरीसँगै हिँड्ने धुलो धुँवालाई सहेर पचाउने लगायतको नेपालीहरुको बानी छ ।
नेपालको कुल परिप्रक्ष्य हेर्ने हो भने, मानिसहरु अस्पतालको औषधि भन्दा प्राकृतिक घरेलु औषधि बढी मात्रामा प्रयोग गर्द थिए । प्राकृतिक घरेलु उपचार यस्तो विधी हो, जो घरमा सजिलै उपलब्ध हुने बस्तुबाट तयार हुन्छ । जस्तो कि, अदुवा, लसुन, घिउकुमारी, प्याज, गोलभेडा, बेसार, नुन, मरिज, ल्वाँग, सुकँमेल, टिमुर, जिरा, ज्वानो, मह, दुध आदि यी यस्ता चिज हुन् , जो हाम्रो भान्सामा जहिले पनि उपलब्ध हुन्छ । पहाडमा तापक्रम बढी भएको कारण त्यहाँ बसोबास गर्ने मानिसहरुले टिमुर ज्यादा प्रयोग गर्दाछन् । टिमुरले शरीरको तापक्रम बढाउनुको साथै तागत दिन पनि मदत पुराउँछ । तराइँका मानिसहरुले प्याजको प्रयोग धेरै गर्दाछन किनभने तराइ एकदम गर्मी हुने ठाउँ हो, प्याजले शरीरलाई ठन्डा राख्दछ । रुघाखोकी लागेको बेला हामीहरुले आराम गर्ने चलन छैन न त उपचार गर्ने । रुघाखोकी लागेको बेला हामीहरुले आराम गर्ने चलन छैन न त उपचार गर्ने । हामीले घरेलु उपचारको रुपमा ज्वानो, बेसार, अदुवा, मरिच, ल्वांग, सुकमेल, कागती पानी पकाएर खान्छौं । कागतीक बोक्रा चपाउने गर्छौं, बोझो चुस्छौँ  । यस्तै धेरै आहार, तथा ब्यबहारको कारण नेपालीसंग इम्युनिटी पावर धेरै हुन्छ ।
यस कारण कोरोना संक्रमण फैलिएको खण्डमा नेपालीको मृत्यु एकदम कम हुन्छ । हाम्रो जिनमै अलौकिक शक्ति छ । हाम्रा हरेक घर प्राकृतिक अस्पताल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *