काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट गरेको पुष्टि गर्न चुनौती दिएका छन् ।
आजको सार्वजनिक लेखा समितिको बैठकमा उनले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् ।
“दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बदमास गरेको प्रमाण दिनुस् । म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,”
