आइकाओको अडिटमा वढ्यो नेपालको हवाई सुरक्षा दर

अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ ।

नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात् कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एयर सेफ्टी अडिटबाट नेपालको परिपालना दर औसत दरभन्दा माथि रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार आजको मितिमा एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत रहेको र विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत रहेकामा नेपालले यी दुवै औसत दरभन्दा माथि रही परिपालना दर ७० भन्दा बढी कायम गर्न सफल भएको हो । यसअघि नेपालको परिपालना दर ६७.०२ प्रतिशत थियो ।

आइकाओको १० सदस्यीय सम्परीक्षण टोलीले यही अप्रिल १३ देखि २५ सम्म अडिट गरेको थियो ।

नेपालमा सम्परीक्षणका क्षेत्रमा कानुनी, संस्थागत, व्यक्तिगत लाइसेन्स, उडान अप्रेशन, एयरओर्दिनेस, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउण्ड हयान्डलिङ र दुर्घटना अनुसन्धान छन् । यि आठ विषयमा आइकाओले अडिट गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts