आइतबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग केपी शर्मा ओली र पुष्पकमल दाहालको भेटवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यीसँग एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको आइताबार भेटवार्ता भएको छ ।

उक्त भेट वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले कोभिडको कारण अवरुद्ध भएको रसुवागढी र तातोपानी नाका खुलाउन अनुरोध गरेका छन् ।

साथै मुस्ताङको कोरोला नाका निर्माणमा पनि सहयोग गर्न ओलीले आग्रह गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले भने कोभिडको कारण चिनबाट आउने सहयोग नपाएका कारण समस्या भोग्नु परेको गुनासो ब्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts