आज ऋषि पञ्चमीको अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा व्रतालुको घुइँचो,

काठमाडौँ । ऋषि पञ्चमीको अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु तथा भक्तजनको भीड लागेको छ।

यो मन्दिर काठमाडौँ उपत्यकाका पुराना धार्मिकस्थलमध्ये एक मानिन्छ। भाद्र शुक्ल पञ्चमीका दिन यहाँ सनातनकादेखि नै भक्तजनको भीड लाग्ने गरेको छ।
ऋषि पञ्चमीका दिन महिलाहरू बिहानै उठेर नित्यकर्म सकेपछि तीज व्रतको पारायण गरी नदी, खोला, ताल, तलैया वा पोखरीमा स्नान गर्ने परम्परा छ।यस क्रममा ३६५ वटा दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर शुद्ध हुने धार्मिक मान्यता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *