
नेपाली कांग्रेसको सभापति पदको टुंगो लागेसँगै अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतगणना आज दिउँसोबाट सुरू हुने भएको छ।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १ तहको मतगणना आज दिउँसोबाट सुरू हुने छ।
सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा थिए।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गरेका थिए। सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले भने १ हजार ८५५ मत प्राप्त गरेका थिए।
दोस्रो चरणको निर्वाचनमा कूल ४ हजार ६ सय २३ मत खसेको थियो। जसमध्ये ३५ मत बदर भएको थियो।
मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो।
