
काठमाडौँ :
आज माघ १६ गते देशभर प्रजातन्त्रका लागि बलिदान दिने सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाइँदैछ ।
प्रजातन्त्र र स्वतन्त्रताका लागि जीवन बलिदान गर्ने सहिदहरुको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
राणा शासनविरुद्ध आवज उठाएका धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलगायत सहिदहरुको योगदानको सम्मानस्वरुप प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ ।
यस अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरुले श्रद्धाञ्जली सभा, र्याली तथा स्मृति कार्यक्रम आयोजना गरेको छन् । सहिदहरुको बालिदानबाट नेपालमा प्रजातन्त्र स्थापना भएको इतिहास रहेको छ ।
Leave a Reply