आज भारत भ्रमणमा जाँदै पर्यटनमन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि जाँदै हुनुहुन्छ । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लाग्नुभएको हो । भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको बताइएको छ । विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री आलेसँगै उक्त कार्यक्रममा सहभागी हुन जान लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका डिडिजी हंशराज पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रममा विशेष गरी मन्त्री आलेले बढीभन्दा बढी पर्यटक भित्र्याउन तथा भारतसँग सिमाना जोडिएका यहाँका विभिन्न विमानस्थलमा हवाई रुट खोल्नेलगायत आवश्यक सहयोगका लागि भारत सरकारसँग आग्रह गर्ने कार्यक्रम तय भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts