
सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको बलियो स्तम्भको रुपमा लिइन्छ । आर्थिक समृद्धि र समग्र देश बिकासमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको छ ।
प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको मानिन्छ । २०१३ सालमा चितवनमा स्थापना भएको बखान ऋण सहकारी संस्था नेपालको पहिलो सहकारी संस्था हो ।
हाल मुलुकको ७७ वटै जिल्लामा सहकारीको बिकास भइसकेको छ । लगभग ३८ हजार भन्दा बढी सहकारी संस्था दर्ता भएका छन् ।
सहकारीले एकता, सहयोग, इमानदारी, र स्वाबलम्बनको बिकास गराउँछ । सहकारीमा करिब ६ खर्ब जति लगानी छ ।
सहकारीले मुलुकको बित्तिय क्षेत्रमा ६ प्रतिशत योगदान दिएको छ भने समग्र देश बिकासमा २० प्रतिशत योगदान रहेको छ ।
सहकारीमा बिभिन्न बैंक, महासङ्घ, केन्द्रिय सङ्घ, जिल्ला सङ्घ जिल्ला सङ्घ, जस्ता सबै संस्था क्रियाशील छन् ।
हाम्रो देशमा ६० हजार भन्दा बढी व्यक्तिले सहकारीको माध्यमबाट रोजगारी पाएका छन् ।
सहकारीले गाउँघर देखि सहर सम्मका व्यक्तिलाई सिप अनुसारको काम गर्ने वाताबरण सिर्जना गरेको छ ।
सहकारीले गरिबीको रेखामुनि रहेका जनताको आर्थिक बृद्धि गर्न ठूलो भूमिका खेलेको छ ।
सहकारीको माध्यमबाट बिभिन्न क्षेत्रहरु जस्तै कृषि, पशुपालन, बन तथा बातावरण, बिद्यालय, स्वाथ्य, पर्यटन, संञ्चार प्रबिधि आदिको बिकास गर्न सहज भएको छ ।
बिभिन्न उद्योग धन्दा सञ्चालन गरी राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग गरेको छ ।
त्यति मात्र नभई सहकारीको माध्यमबाट नेपालको घरेलु उत्पादनलाई व्यबस्थापन गरी बजारीकरण समेत गर्दै आएको पाइन्छ ।
यसरी सहकारीको आर्थिक समृद्धिमा उल्लेखनीय भूमिका रहेको छ ।
Leave a Reply