
चिसो बढेसगैँ बिजुलिका सामानको प्रयोग बढ्दो मात्रामा प्रयोग भएको पाइन्छ । अर्कातर्फ काठमाण्डौँ उपत्यकाको अधिकाशं स्थानमा लोडसेडिङ तथा बिजुलि झ्याप झ्याप जाने आउने समस्या दिनहुँ बढिरहेको सेवाग्राहिहरुको गुनासो छ ।
ट्रान्सर्फमर जल्ने/पड्किने, बिजुलिका पोलहरुमा आगो लाग्ने, फ्युज जाने समस्या बढिरहेको छ । आज बिहान मात्र काठमाण्डौँको जयबागेश्वरी पोलमा आगो लागेको थियो ।
प्रधिकरणका अनुसार हालसालै ५०–६० वटा ट्रान्सर्फमर जलिसकेको तथ्याङ्कमा समावेश छ । त्यस्तै विधुतको लाइनमा जोड्नु पर्ने सयौँ ट्रान्सर्फमरको अभाव रहेको छ । नियमित तालिका अनुसार प्राधिकरणले ट्रान्सर्फमर, पोल तथा मिटर नकिन्दा यस्तो समस्या आएको हो ।
हालको ट्रान्सर्फमर समस्यालाई ध्यानमा राखि प्राधिकरणले नेपाल इकरात इन्जिनियरिङ्ग कम्पनि (निक) सगँ तिन हजार नयाँ वितरण ट्रान्सर्फमरको आपुर्ति थाल्ने ठेक्का सम्झौता गरेको बताएको छ । निकले आपुर्ति सुरु गरेसगैँ विधुत अभावको समस्या टर्ने प्राधिकरणको दाबि छ ।

Leave a Reply