एमसीसीबारे माओवादीको पुरानै अडान, परिमार्जन गरे मात्रै पास

माओवादी केन्द्रीय कार्यालय

सत्ता साझेदार नेकपा माओवादी केन्द्रलले अमेरिकी परियोजना एमसीसी अहिलेकै अवस्थामा पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको जनाएको छ।

पुस ११ गतेदेखि हुन लागेको राष्ट्रिय सम्मेलन तयारीबारे बुधबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले यस्तो बताएका हुन्।

परिमार्जन नगरी एमसीसी अघि बढ्दैन र बढाउनु हुँदैनु, उनले भने, ुहामी हाम्रो पुरानो अडानबाट दायाँ बायाँ भएका छैनौँ । माओवादी जस्ताको तस्तै पास गर्ने पक्षमा छैन।

सत्ता साझेदारको साथ लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने योजना बनाएपछि माओवादीले भने पुरानै अडान दोहोर्याएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts