एमाले पुनर्गठन कार्यदलले काम अझै सुरु गरेन

काठमाडौं । नेकपा एमालेले पार्टी पुनर्गठनका लागि गठन गरेको कार्यदलको पहिलो बैठक करिब दुई सातापछि आज मंगलबार बस्ने भएको छ।

कार्यदल सदस्य छविलाल विश्वकर्माका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने तय गरिएको थियो। बैठकबाट कार्यदलको कार्ययोजना तय गर्ने र पुनर्गठन प्रक्रियालाई औपचारिक रूपमा अघि बढाइने भनिएकोअपेक्षा गरिएको छ।

उनले पार्टी संगठन विभागका पूर्वनिर्धारित कार्यक्रमका कारण बैठक बस्न केही समय ढिलाइ भएको बताउँदै अब कार्यदलले आफ्नो जिम्मेवारीअनुसार काम सुरु गर्ने जानकारी दिए।

एमाले सचिवालयको जेठ ४ देखि १० गतेसम्म विभिन्न चरणमा सम्पन्न बैठकले पार्टी पुनर्गठनलाई प्राथमिकतामा राख्दै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदललाई पार्टी संरचना, संगठनात्मक अवस्था र आवश्यक सुधारका विषयमा अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

पार्टी स्रोतका अनुसार कार्यदलले केन्द्रीय तहमा मात्र सीमित नभई तल्ला कमिटी र संगठनसम्म पुगेर सुझाव संकलन गर्नेछ। आधारमा तयार पारिएको प्रतिवेदन आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ।

एमालेले संगठनलाई अझ प्रभावकारी, चलायमान र समयानुकूल बनाउने उद्देश्यसहित पुनर्गठन प्रक्रिया अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *