कांग्रेसका पूर्वसभापति देउवालाई गगनको स्वागत,

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश फर्किएकोमा स्वागत गरेका छन्।

बिहीबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले लामो समयपछि नेपाल फर्किएका देउवालाई स्वास्थ्यलाभको शुभकामनासहित स्वागत गरेका हुन्।

थापाले बैठकमा भने, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु।’

देउवा करिब साढे पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका हुन्। काठमाडौं ओर्लिएपछि उनले पार्टीभित्र देखिएको पछिल्लो असहमति र निराशाप्रति ध्यानाकर्षण गराउँदै कांग्रेसमा एकता कायम गर्न आह्वान गरेका छन्।

देउवाले पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिलाई लामो समयसम्म कायम राख्न नहुने भन्दै त्यसको तत्काल समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

देउवाको स्वदेश फिर्ती र थापाको स्वागतलाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक परिस्थितिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *