कांग्रेस बागमती प्रदेश सभापतिमा बानियाँ र केसीबीच पुन मतदान

१९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि पुनः मतदान हुने भएको छ। यस अघि सभापतिमा प्रतिस्पर्धा गरेका कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि  पुनः मतदान हुने भएको हो। बागमतीको सभापतिमा शेरबहादुर देउवा पक्षबाट इन्द्र बानियाँ, रामचन्द्र पौडेलपक्षबाट जगदीश्वर नरसिंह केसी तथा नेता कृष्ण सिटौला पक्षबाट भीमसेन दास प्रधानबीच प्रतिस्पर्धा भएको थियो। कुल २०७२ मत खसेकोमा बानियाँले ९९२ मत ल्याए। उनका निटतम प्रतिद्वन्द्वी  केसीले ८७२ मत ल्याउँदा प्रधानले १९७ मतमात्र ल्याए। अब दोस्रो चरणमा बानियाँ र केसीबीच प्रतिस्पर्धा हुनेछ।  

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts