
काठमाडौँ :
काठमाडौँ—तराई फास्ट ट्र्याक निर्माणको भौतिक प्रगति हाल ४५ प्रतिशत पुगेको छ र नेपाली सेनाले तोकिएको समयमा काम सम्पन्न गर्ने दाबी समेत गरेको छ ।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार, फास्ट ट्र्याक २०८३ चैत मसान्तसम्म सक्ने गरी काम भइरहेको छ । वित्तीय प्रगति पनि ४५ प्रतिशत नजिक पुगेको छ ।
यो मार्गमा १०.९७९ किलोमिटर सुरुङ मार्ग निमार्ण भइरहेको छ । लेन डाडाँ र धेद्रेको सुरुङ ब्रेक थ्रु भइसकेको छ भने महादेवटार सुरुङकमार्गको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
फास्ट ट्र्याकमा ८९ वटा पुल निमार्ण हुनेछन्, जसमध्ये १३ वटा पुल सकिएका छन् र ७६ वटा पुलको काम ठेक्का मार्फत सुरु भइसकेको छ ।
निर्माण कार्यका क्रममा ५४ हजार रुख काटिएका थिए भने हालसम्म ७ लाख ५० हजार नयाँ बिरुवा रोपिएको छ । रोपिएका बिरुवामध्ये १ लाख ५१ हजार सामुदायिक वनमा हस्तान्तरण भइसकेका छन् ।
खोकना क्षेत्रमा देखिएको विवाद भने अहिलेसम्म समाधान हुन सकेको छैन । सेनाले सबै निकायसँग समन्वय गरेर विवाद समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ ।
Leave a Reply