
काठमाडौं ः सुनिता डंगोल काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छिन् । खुसीयालीमा उनका समर्थकहरुले धन्यवाद ¥याली सुरु गरेका छन्।
राष्ट्रियसभा गृहबाट सुरु भएको र्याली काठमाडौं महानगरको कार्यालयसम्म पुग्ने जनाएको छ।स्थानीय तह निर्वाचनमा भारी मतका साथ डंगोल महानगरको उपमेयरमा विजयी भएकी छन्। डंगोलले निकटतम प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई पछि पार्दै उपमेयरमा विजयी भएकी हुन्।
डंगोलले ६८ हजार ६ सय १२ मत ल्याउँदा श्रेष्ठले २३ हजार ८ सय ६ मत मात्रै प्राप्त गरे ।
काठमाडौंको मेयरमा सत्तागठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भएका छन्। उनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरे।
गठबन्धनबाट चुनाब लडेकी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी छिन् ।

Leave a Reply