काठमाडौंमा दिपल एक्सचेन्ज मेला सोमबारदेखि हुँदै

काठमाडौं ।

नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ३१ भदाै‌देखि दिपल एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ ।

काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा सञ्चालन हुने मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडीसँग नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम-इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका ईभी साट्न सकिने कम्पनीले जानकारी दिएको छ ।

दिपल एक्सचेन्ज मेलामा ग्राहकले प्रि-बजेट मूल्यमै अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको प्रिमियम ईभी एस ०७ खरिद गर्न सकिने छ ।

ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने कम्पनीले जनाएको छ । साथै ग्राहकले थप एक्सचेन्ज बोनस समेत पाउने छन् ।

यसबाहेक एक्सचेन्ज मेलामा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिजका साथै ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts