
यही जुलाई ११ तारिखबाट स्कटल्यान्डमा आयोजना हुने विश्वकप लिग–२ र सो प्रतियोगिताअघि क्यानडाको राष्ट्रिय टोलीसँगको एकदिवसीय खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले आइतबार सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपाली टोलीको उपकप्तानमा रोहित पौडेल छन् । अधिकांश खेलाडी अमेरिकामा भएको त्रिकोणात्मक एकदिवसीय शृंखलामा सहभागी छन् । पवन सर्राफले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा बसिर अहमदले एकदिवसीय टोलीमा पहिलो पटक मौका पाएका छन् ।
सागर ढकाल र सुसन भारी यस पटक टोलीबाट बाहिरिएका छन् । नेपाली टोलीमा सन्दीप र रोहितसँगै कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमत, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी छन् ।
नेपालले स्कटल्यान्डमा घरेलु टोलीसँगै नामिबियासँग पनि खेल्नेछ । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध खेल्नेछ । जुन खेल जुलाई ११ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । जुलाई १६ मा नामिबियाको सामना गर्दा अन्तिम खेलमा नेपालले जुलाई १७ मा स्कटल्यान्डविरुद्ध खेल्नेछ ।
स्कटल्यान्ड भ्रमण अघि नेपालले क्यानडामा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले जुलाई १ मा स्थानीय क्लब ओन्टारियासँग वामअर्प खेल खेल्नेछ । त्यसपछि जुलाई ४ र ५ मा क्यानडाको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोली मंगरबार बिहान क्यानडा प्रस्थान गर्नेछ ।

Leave a Reply