चीनसँग व्यापार सम्झैता गरे क्यानडामाथि १०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौँ :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनसँग व्यापार सम्झौता गर्ने मुलुकहरुमाथि कडा कर लगाउने चेतवानी दिएका छन् । उनले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा १०० प्रतिशत भन्सार कर लगाइने बताएका छन् ।

शनिवार, ट्रम्पले ‘यदि कार्नीले क्यानडालाई चीनका लागि अमेरिकामा सामान पठाउने ‘ड्रफ अफ पोर्ट’ (ट्रान्जिट) बनाउने चाहानुहुन्छ भने उहाँ सरासर गलत हुनुहुन्छ ।’ भनी लेख्दै सामाजिक सन्जाल ‘ट्रुथ सोसल’ मा हालेका थिए ।

ट्रम्ले अमेरिकाको आर्थिक हितलाई असर गर्ने कुनै पनि व्यापारिक गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन् । उनका अनुसार चीनसँगको बढ्दो व्यापारले अमेरिकी उद्योग र रोजगारीमा नकारात्मक असर पार्न सक्छ ।

आगमी निर्वाचनलाई लक्षित गर्दै ट्रम्पले व्यापार नीतिलाई मुख्य एजेन्डा बनाउदैँ आएका छन् । उनले अमेरिकालाई प्राथमिकतामा राख्ने नीति अपनाइने दोहर्याउँदै आएका छन् ।

विश्लेषकहरुका अनुसार ट्रम्ले यो चेतवानीले अमेरिका, क्यानडा र चीनबीचको व्यापार सम्बन्धमा नयाँ तनाव सिर्जना गर्न सक्ने सम्भवना छ । यसले अन्तराट्रिय व्यापार क्षेत्रमा समेत प्रभाव पार्न सक्ने देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts