पुर्व शिक्षा मन्त्री महावीर पुन फेरि मन्त्री बन्दै

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा म्याग्दीबाट जितेका स्वतन्त्र सांसद महावीर पुन रास्वपा नेतृत्वको सरकारमा मन्त्री बन्ने भएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा पुनलाई नियुक्तिका लागि आज सिफारिस गरेका छन् ।

पुनको शपथ आज मंगलबार दिउँसोको ३ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनी यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *