पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध सर्वोच्चमा रिट, रिहाइको माग

​काठमाडौँ । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ। लेखककी पत्नी यशोदा लेखकले आइतबार सर्वोच्च पुगेर सो निवेदन दर्ता गराउनुभएको हो।

​गत शनिबार प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा भएको दमन र घटनाहरूको अनुसन्धानका लागि भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई नियन्त्रणमा लिएको थियो। पक्राउ प्रक्रिया कानुनसम्मत नभएको जिकिर गर्दै लेखकको तर्फबाट दायर गरिएको रिट अहिले दर्ता प्रक्रियामा रहेको छ।

​यसअघि एमाले अध्यक्ष ओलीको रिहाइका लागि पनि सर्वोच्चमा यस्तै प्रकृतिको निवेदन दर्ता भइसकेको छ। दुई ठूला दलका शीर्ष नेताहरू एकैसाथ पक्राउ परेपछि अहिले कानुनी र राजनीतिक वृत्तमा यसले ठूलो तरंग पैदा गरेको छ। अदालतले उक्त रिटमाथि सुनुवाइ गर्दै चाँडै आदेश दिने अपेक्षा गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts