प्रचण्डले भने पत्रकार सम्मेलनमा निर्वाचन कुनै हालतमा सर्दैन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै हालतमा पनि नसर्ने बताएका छन् ।अनुमानको भरमा निर्वाचन सर्छ कि भन्ने चर्चा चल्ने गरेको भएता पनि निर्वाचन कुनै हालतमा पनि नसर्ने बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै दाहालले सोमबार भने, ‘सरकार र गठबन्धनको निर्वाचन सार्ने कुनै मनसाय छैन ।’ उनले नेपालमा मतदानको दिनसमेत निर्वाचन सर्छ भन्ने चर्चा हुने गरेको भन्दै अहिले निर्वाचन सर्ने चर्चामा कुनै सत्यता नभएको बताए । दाहालले वैशाख ३० गतेको निर्वाचनका लागि सत्तारुढ गठबन्धन एकताबद्ध भएर जाने तयारीमा रहेको दाबी गरे । उनले सोमबार नै महानगर र उपमहानगरमा चुनाव तालमेलबारे निर्णय हुने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts