काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट प्रतिनिधिसभामा राई र लिम्बू समुदायको प्रतिनिधित्व हुन नसकेकोमा सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। ललितपुरको ग्वार्कोमा आयोजित पार्टीको दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
समापन मन्तव्यका क्रममा सभापति लामिछानेले समावेशीताको सवालमा पार्टीबाट कमजोरी भएको स्वीकार गरे। “हाम्रो पार्टीबाट यसपटक राई र लिम्बू समुदायको प्रतिनिधित्व गराउन नसकेकोमा म सभापतिको हैसियतले माफी माग्छु,” उनले भने।
साथै, उनले आगामी दिनमा पार्टीभित्र समावेशीतालाई अझ बढी प्राथमिकता दिने र यो महत्त्वपूर्ण कडीलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।

Leave a Reply