काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेको तेस्रो दिन मन्त्रीहरुसँगको भेटघाट र छलफललाई तीव्रता दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार आयोजित यस बैठकमा सरकारको आगमी कार्ययोजना र मन्त्रालयगत प्राथमिकताका विषयमा छलफल भइरहेको बुझिएको छ ।
शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त भएका शाहले सोही दिन पदभार ग्रहण गर्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाट चारवटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको थिए ।
अहिले भइरहेको मन्त्रीस्तरीय छलफललाई ती निर्णयहरुको कार्यान्वयन र प्रशासनिक सुधारको प्रारम्भिक कदमका रुपमा हेरिएको छ । सरकारले आफ्नो १०० दिने कार्यसूचीलाई प्रभावकारी बनाउन मन्त्रीहरुलाई आवश्यक निर्देशन दिने तयारी समेत गरेको स्रोतले जनाएको छ ।

Leave a Reply